Type Here to Get Search Results !

कोरोना महामारी सँग लड्न विचित्र हतियार नेपाली नेताहरुसँग !


हाम्रो देश नेपाल अहिले कोरोना प्रकोपको भयावह अवस्थाबाट गुज्रिरहेका छन्। नेपाली जनताहरु त्राहिमाम त्राहिमाम गर्दै छन्,अस्पतालका बेडहरु भरी भराउ छन्,नयाँ संक्रमितहरुका लागि भने अस्पतालका बेडहरु खाली छैनन्।कोरोना बाट मर्नेहरूको संख्या पनि दिन प्रति दिन बढ्दै नै गरिरहेका छन्।

 महामारी घोषित कोरोना भाइरसका लागि हाम्रो नेपाली नेताहरु संग अचुक हतियार छन्, जसको प्रयोग बापत जनतालाई मारेर भए पनि आफू बाँच्ने ग्यारेन्टी पक्का गरी बसेका छन्, पहिला चोर डाका हरुले लुट्ने पिट्ने हत्या गर्ने गर्थ्यो, भने आजकल हाम्रा रक्षकको रूपमा हामीले चुनेर पठाएका नेताहरुनै पहिला कोरोना संक्रमण फैलिन दिने अनि फैलिसकेपछि विदेशबाट संक्रमित नेपाली जनतालाई देखाउँदै  अरबौं डलर को डिमान्ड गर्छन्। त्यो पाईसकेपछि, देखाउनलाई भए पनि विद्यालय बन्द, होटल, रेसटुरेन्ट, हल,पसल,सवारी साधन बन्द गर्छन्  गरीब निमुखा जनतालाई भोकै मार्छन् ,कुकुरलाई हड्डी फाले झै जनताका लागि नि एक दुई मुठ्ठी अनाज छर्की बाँकी डलर आफै नेताहरु मिली खाईदिन्छन्। नखानु पनि किन? आखिर बाँच्ने ले त खाने हो नि! नेपाली जनताकालागि अनुदानमा पाएको कोरोना भ्याक्सिन, पहिला आफू अनि आफ्ना परिवार अनि देशका ठूला भिआइपी हरुलाई लगाउँछन् अनि जनताको पालो आउँदा नेपालमै कोरोना भ्याक्सिनको व्यापारिक उत्पादन थाल्ने भन्छन्। आखिर भएन त! अचुक हतियार हाम्रो नेतासँग।

 

 

 

कोरोना तेस्रो लहर आयो भनेर कक्षा १२ को परीक्षा स्थगित गरेकै छन्,लोकसेवा र त्रिभुवन विश्वविद्यालय ले सरकारको न टेर्दा नेताहरुको के दोस? बिचरा विद्यार्थीहरू "पहिला भयक्सिन अनि परीक्षा" भनी जति कराए पनि के गर्नु पुलिस लगाएर थुन्ने त हो नि। "तिमीहरू नि बाँच्ने कुरा गर्ने? भन्दै छु त! भ्याक्सिनको व्यापारिक उत्पादन हुन थाले पछि नेपाली जनतालाई नै लगाउँछौ पहिला।" 

अहिले स्मार्ट लक्डाउन गरेका छन् , कोरोना नियन्त्रण गर्नको लागि भित्र हेर्दा बडो गजबको लोजिक छन्, राति ८ बजे सवारी साधन चलाउन नपाउने गरी निषेध गरिएको छ। जति बेला सारा नेपाली जनता घर हुन्छन् ,बाहिर कुनै भीड भाड न भएको बेला सवारी साधन निषेध गर्नुको पछाडि के लोजीक हो कुन्नि, दिन भरी सडकमा मुसो नि, नअट्ने ठाउँ हुँदैनन् , मान्छेहरूको भीड खचाखच हुन्छन्, त्यति बेला चाहिँ कोरोना सर्दैनन् । कक्षा १२ को परीक्षा हुँदा कोरोना सर्ने भएर स्थगित गरेको तर त्रिभुवन विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षामा परीक्षार्थीहरु को सङ्ख्या कक्षा १२ को परीक्षार्थी भन्दा पनि १५ गुणा बढीको भौतिक उपस्थिति हुँदा कोरोना नसर्ने रहेछन्। छैनन् त गजबको लाेजिक स्मार्ट लकडाउनको ? बरु म त भन्छु, WHO ले सो महानुभावलाई भेटेरै नोबेल पुस्कारबाट सम्मानित गर्नु पर्ने हो। खोई सायद सम्मान पाउने व्यक्ति, अझै बिजी छ रे! स्मार्ट लक डाउन को अर्को नयाँ नौलो रुल बनाउदै छन् अरे।

तर केही जिल्ला अधिकारीहरू र स्थानीय नेताहरु मूर्ख नै छन्, उनीहरू कोरोना संक्रमितहरुको सङ्ख्या बढे लगत्तै बागलुङ,चितवन,इलाम आदि जिल्लाहरू पूर्ण रूपले अत्यावश्यक बाहेकका सेवा सुविधाहरू निषेधित घोषणा गरेका छन् त्यो पनि नेपाली जनता बचाउन , हेर्नुहोस त कति सम्मन्न मूर्ख छन् त देशमा अत्याधुनिक स्मार्ट लकडाउन को खाका हुँदा हुँदै के पो गरेका होलान् त।

यदि देशै बचाउनु छ ,भने अबका चुनावमा वालेट पेपरलाई बुलेट गनको रूपमा एउटा असल चरित्रका पढेलेखेका लाई चुनेर पठाऊ, ताकि यस्ता समस्या अझै झेल्न न परोस्।


Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.