हाल Corona Virus संक्रमितहरुको संख्या दिनप्रिदिन द्रुत गतिमा बढीरहेको बेला आज मात्रै नेपालमा २४ घण्टा भित्रको रिपोर्टमा सक्रिय संक्रमितहरुको संख्या तीन हजार ९ सय ३८ र निको भएर घर फर्किनेहरूको संख्या २ हजार १२ रहेको र Corona बाट मृत्यु हुनेहरूको सङ्ख्या ३७ रहेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो रिपोर्टमा सार्वजनिक गरेका छन्।
उक्त रिपोर्ट अनुसार नै काठमाण्डौ उपत्यकामा आज
मात्रै एक हजार ७५ सक्रिय संक्रमितहरु फेला परेका छन्। यसलाई प्रतिशतमा कुरा गर्ने
हो भने, आज देश भरिका तुलनामा २७.३०% प्रतिशत सक्रिय संक्रमितहरु उपत्यकामा भेटिएका
छन्। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका
छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना
संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना
भेन्टिलेटरमा उपचाररत् छन् ।
उपत्यकामा सक्रिय संक्रमितहरुको संख्या १० हजार पनि
नाघिसकेको र अस्पतालका बेड हरु पनि भरी भराउ नै छन्, यस अघि टेकुअस्पतालका डाक्टरहरुले बिरामीहरूको संख्या यसरी नै बढीरहेको अवस्थामा हामी संग बिरामीका लागि पर्याप्त
बेडहरु अबको एक दुई दिनमै भरिन्छ भनी जवाफ दिसकेका छन्। अब पनि जनताहरू सजग नभएको
अवस्थामा भयावह स्थिति नआउला भन्न सकिन्न। त्यसै त विज्ञहरु नेपालमा कोरोनको तेस्रो
लहर आइसकेको कुरा पहिला नै उल्लेख गरिसकेका छन्। सरकार अर्थतन्त्रमा असर पर्ने डरले
लकडाउनको विकल्पमा अहिले जान खोजेको देखिन्न, त्यसैले आफ्नो हेरचाह आफै गरौँ,
Covid-19 का मापदण्डहरू पूर्ण रूपमा पालना गरौँ।