संयुक्त अरब इमिरेट्स (युएइ) ले निम्नानुसार नेपालीहरूलाई आगामी ५ अगस्ट २०२१ देखि लागू हुने गरी युएइ प्रवेश खुला गरेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछों- १. युएड्को आवासीय भिसा भएका र युएइमा कोभिड-१९ विरुद्धको दुवे मात्रा खोप लगाई सोको प्रमाणपत्र लिएका। २. युएड्को आवासीय भिसा भएका तर खोप नलगाएका निम्न व्यक्तिहरू- > युएइ्को सरकारी निकायमा कार्यरत व्यक्ति, > युएइमा कार्यरत स्वास्थ्यकर्मी, > युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, > युएइमा उपचार चलिरहेका व्यक्ति, > विशेष मानवीय परिस्थिति (Humanitarian Cases) भएका व्यक्ति। उल्लिखित अवस्थाका नेपालीहरूले युएइ प्रवेशका लागि निम्नानुसारका प्रक्रिया पूरा गर्नुपर्नेछ- १. युएड्को Federal Authority for Identity and Citizenship बाट युएइ प्रवेशका लागि अनुमति लिनुपर्ने, २. ४८ घण्टाभित्रको PCR Negative Report हुनुपर्ने, ३. नेपालको विमानस्थलमा Rapid Test हुने, ४. युएड्का विमानस्थलमा अवतरण भएपछि PCR परीक्षण हुने, ५. क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने। यस राजदूतावासको अनुरोधलाई समेत मध्यनजर गरी यो महत्त्वपूर्ण निर्णय गरेकोमा युएड सरकारलाई धन्यवाद व्यक्त गर्दछों। नेपाली राजदूतावास, अबुधाबी । २०७८ साउन १९