Type Here to Get Search Results !

Redmi note 10 Pro Price In Nepal. मिडियम बजेटको सबै सुबिधा सहित क़ुअलिटी युक्त स्मार्ट फोन |

नमस्कार साथीहरु , आज म तपाईहरु माझ, मिडियम बजेटको सबै सुबिधा सहित क़ुअलिटी युक्त स्मार्ट फोनको मूल्य र त्यसका features हरु तपाई समक्ष ल्याएको छु । कतिपय साथीहरु Redmi-note-10 Pro Price In Nepal भनेर यदि गूगल मा खोजि गरि यस TechBhumiNepal  पेज सम्म आइपुग्नु भएको छ भने तपाई सहि ठाउमा आउनु भएको छ । यहाँ हामी Redmi-note-10 मोबाइलको मुल्यको साथ साथै यसमा उपलब्ध सुबिधाहरुको बारेमा पनि विस्तार रुपमा जानकारी उपलब्ध गराउने छौ ।

 

धेरै साथीहरुको hobby  अर्थात् रुचि फरक फरक हुनसक्छ , कसैको रुचि फोटो अथवा विडियो शुट मा होला , कसैको गेमिंग संग सम्बन्धित होला त कसैको रुचि ओफ़िसियल डकुमेन्ट मोबाईल  बाटै राम्रो संग कसरी  गर्ने तिर होला।  यहि कुरालाई धयानमा राखी मिडियम बजेटको सबै सुबिधा सहित क़ुअलिटी युक्त स्मार्ट फोन Redmi-note-10 Pro  Price In Nepal तपाई समक्ष प्रस्तुत छ ।

Redmi Note 10 Pro

 

सबभन्दा पहिले Redmi Note 10 Pro  ब्रान्ड र वारंटी को कुरा गरौ , धेरै साथीभाई हरुलाई थाहै होला, यो मोबाइल कुन ब्रान्ड को हो भनेर तै पनि भन्नुपर्दा, यो Xiaomi ब्रान्डको हो र एक सालको ब्रान्ड वारंटीको साथ यो नेपाली बजारमा उपलब्ध छन् । फोटो वा विडियो शुटमा रुचि राखने साथीहरुको लाई Redmi Note 10 Pro मा 108 MP wide angle camera , 8 MP Ultra wide camera , 5 MP  Telemacro Camera र 2 MP  depth sensor रहेको छ , भने Front  Camera 16 MP रहेको छ । जस कारण एकदमै minute  लेभेलको राम्रो फोटो तथा विडियो शुट गर्न सकिन्छ DSLR Camera जस्तै । 

अब मोबाइलको स्क्रीनको कुरा गरौ, जुन तपाई लाई  रियल world को अनुभूतिको आभास गराउछ । 6.67" AMOLED dot  Display का साथ फुल एच डी + (FHD +) 2400x1080  रेजुलेशनमा SGC Eye Care Display सहित पिक brightness 1200 nits को क्षमतामा उपलब्ध छन् । त्यस्तै मोबाइलको रेफ्रेश रेटको कुरा गर्नु पर्दा एक सेकेन्डमा 120 चोटी रेफ्रेश गर्छ र त्यस्तै टच सम्पलिंग रेट 240 Hz रहेको छ । जुन कि मोबाइल गेमिंग गर्ने साथीभाईहरुको लागि मिडियम बजेटमा अत्यन्त उपयोगी देखिन्छ । हुन त मोबाइल गेमिंग गर्ने साथीभाईहरुको  बढी फोकस मोबाइलको RAM मै हुन्छ तर मोबाइल को रेफ्रेश रेट र टच सम्प्लिंग रेट पनि अत्यन्त महत्वपूर्ण पक्ष हो , जसकारण कुनै पनि गेम high accuracy का  साथ smoothly खेल्न सकिन्छ । 

ग्राफिक्स को  कुरा गर्नु पर्दा , यसमा Qualcomm® Snapdragon™ 732G  ले उन्नत CPU  र GPU  आर्किटेक्चर , सुधारिएको डाटा कमप्युटिंग र छवी प्रसोधन क्षमताको साथ 8 nm  प्रसोधन प्रविधि अपनाएको छ, जसले तपाईको डिभाइशमा आवस्यक गेम हरु खेल्न र अन्य हेभी software  हरु सहज रुपमा संचालन गर्न सुनिस्चित गर्छ।

त्यस्तै ब्याट्री र चार्जर को कुरा गर्नु पर्दा , 5020 mAh को ब्याट्री रहेको छ भने 33 W  फास्ट चार्जिंग को बिकल्पमा उपलब्ध छन्।  

RAM र  ROM को कुरा गर्नु पर्दा ,  Redmi Note 10 Pro तीन बिकल्पमा उपलब्ध छन् । 6 GB RAM  + 64 GB  ROM , 6 GB RAM  + 128  GB  ROM र  8  GB RAM  + 128  GB  ROM मा उपलब्ध छन् जसको मूल्य क्रमसः रु २९,९९९ ,रु ३३,९९९ र रु ३६,९९९ तोकिएको छ ।


समग्र मा सबै बुझनलाई निम्न अनुसार शोर्ट लिस्ट गरिएको छ। 

बाकस भित्र:         ह्यान्डसेट, पावर एडाप्टर, USB केबल, सिम निकाल्ने उपकरण, वारेन्टी कार्ड, प्रयोगकर्ता गाइड, क्लियर सफ्ट केस, स्क्रिन प्रोटेक्टर फोनमा पूर्व-लागू गरिएको

सिम प्रकार:         दुइटा सिम / GSM

अपरेटिङ सिस्टम :  एन्ड्रोइड एन्ड्रोइड Q 11

प्रोसेसर कोर:        अक्टा कोर

RAM /ROM :   6 GB /64 GB // 6 GB /128  GB // 8  GB /128  GB

प्राथमिक घडी गति:  2.3 GHz

नेटवर्क प्रकार:       4G

समर्थित नेटवर्कहरू:  GSM 

ब्लुटुथ संस्करण:     ५ 

Wi-Fi हटस्पट :  छ 

अडियो ज्याक:    ३.५ mm 

GPS समर्थन :  छ 

आवाज इनपुट:   छ 

सेन्सरहरू:       लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, एक्सेलेरोमिटर, कम्पास, जाइरोस्कोप, ISOCELL प्लस, फिंगरप्रिन्ट सेन्सर

ब्याट्री क्षमता:   ५०२० mAh

ब्याट्री प्रकार :   ली-पोलिमर

वजन :        १९२ ग्राम

वारेन्टी सारांश :    यन्त्रको लागि १ वर्षको निर्माता वारेन्टी र खरिद गरेको मितिदेखि ब्याट्रीहरू सहित इन-बक्स सामानहरूको लागि 6 महिनाको निर्माता वारेन्टी

 

 

                

 आशा छ , तपाई लाई  Redmi note 10 Pro Price In Nepal  मिडियम बजेटको सबै सुबिधा सहित क़ुअलिटी युक्त स्मार्ट फोन राम्रो लग्यो होला ! पोस्ट बारे केहि सल्लाह सुझाव छ , भने कमेन्ट मा अवस्य उल्लेख गर्नु होला ।धन्यवाद।

 

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.