वर्तमान परिस्थितिमा विश्वका विकसित राष्ट्रहरू कोरोना प्रकोपको तेस्रो लहर झेलिरहेको आफ्ना नागरिकहरुलाई बचाउन खोप अभियान द्रुत गतिमा बढाउँदै अझ कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन लगायतका उपायहरू अवलम्बन गरिरहेका छन् , भने यता हाम्रो देश नेपालमा विचित्रको व्यवहार सरकारी निकायहरु बीच देखिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन्।
शनिबार भिडिओ सन्देशमार्फत् उनले भनेका छन्, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं। त्यसैले
म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’
बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं। स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालना गरौं,’उनले भने।
'महामारी नियन्त्रण गर्ने सबभन्दा आशा भनेकै खोप हो भन्दै खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न उनले अपिल गरेका छन्।बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन्।सम्पूर्ण राजनीतिक क्षेत्र, निजी क्षेत्र, गैर सरकारी क्षेत्रलाई समेत भिडभाड हुने कार्यक्रम नगर्न उनले सुझाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोविड-१९ संक्रमण व्यवस्थापन केन्द्र CCMC ले पनि भौतिक उपस्थितिका आधारमा लिइने परीक्षाहरु स्थगन गर्न सिफारिस गरिएको मा समेत नेपाल शिक्षा बोर्डले बडो दुःखका साथ कक्षा १२ को परीक्षा स्थगन गरेको छ भने यता त्री.वि. का परीक्षा नियन्त्रक पुस्पराज जोशीले त्री. वि. का सबै परीक्षा यथावत मितिमा नै हुने भनेका छन्, भने अर्को तिर लोकसेवा आयोग ले लिने विभिन्न परीक्षाहरु जहाँ एउटा परीक्षामा मात्रै देश भर १५ लाख विद्यार्थीहरूको भौतिक उपस्थिति रहने परीक्षाहरु पनि यथावत मितिमा नै हुने भनिएको छ।
सरकारले तत्काल गर्नु पर्ने काम के हो त? विद्यार्थीहरूको हितमा भन्नुपर्दा, निम्न छन्।
१. सरकार तत्काल सबै परीक्षा स्थगन गर्नु पर्ने।
२. संपूर्ण विद्यार्थीहरुलाई Covid-19 को पहिलो र दोस्रो डोज लगाउने ।
३. पहिलो डोज लागिसकेपछि, परीक्षा मिति दोस्रो डोज पश्चातको मिति तोक्ने।
तपाईहरुलाई के लाग्छ? आफ्नो विचार राख्नु होला। सके जति पोस्ट शेयर गर्नुहोला, ताकि यो आवाज माथिल्लो निकाय सम्मण पुगोस्। धन्यवाद!!
Nice
ReplyDelete